दफा १०३
भुक्तानी, क्लियरिग‌ र सेटलमेन्ट
(१) बैंकले चेक, भुक्तानी आदेश, अन्तर बैंक भुक्तानी तथा बैंकले तोकेको मुद्रामा भए, गरेका सुरक्षण कारोबार तथा अन्य कुनै भुक्तानी उपकरणको क्लियरिग तथा सेटलमेन्टको व्यवस्था गर्न र सोको नियमन, निरीक्षण तथा सुपरिवेक्षण कार्य समेत गर्नेछ । (२) उपदफा (१) बमोजिमको कार्य गर्दा बैंकले आवश्यक कार्यविधि निर्धारण गर्न सक्नेछ । (३) उपदफा (१) बमोजिमको क्लियरिग तथा सेटलमेन्ट व्यवस्थाको प्रयोजनका लागि वाणिज्य बैंक तथा वित्तीय संस्थाले बैंकले तोकेको शर्तको अधीनमा रही बैंकमा वा बैंकले तोकेको अन्य कुनै संस्थामा खाता खोल्नु पर्नेछ ।